फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

10 Jul, 2024
Share:
117 Shares

स्पेन जर्मनीमा जारी युरोकपको फाइनलम प्रवेश गरेको छ। शनिबार राति एलिनाज एरिनामा भएको खेलमा फ्रान्सविरूद्ध २–१को पुनरागमन जित निमाल्दै स्पेन फाइनलमा प्रवेश गरेको हो।

खेलमा फ्रान्सका लागि रान्डल कोलो मुआनी गोल गरे भने स्पेनका लामिन यमाल र ड्यानी ओल्मोले गोल गरेका थिए।

खेलमा अग्रता फ्रान्सले लियो। आठौं मिनेटमा किलियन एम्बाप्पेको क्रसमा मुआनीले हेडिङमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। यो फ्रान्सले जारी प्रतियोगितामा ओपन स्पेनसमा गरेको पहिलो गोल हो।

२१औं मिनेटमा १६ वर्षीय विंगर यामालले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै स्पेनलाई खेलमा फर्काए। यो गोलसँगै उनी युरोकप र फिफाको प्रतियोगितामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
 
त्यसको ४ मिनेटपछि नै खेलमा स्पेनले अग्रता लियो। २५औं मिनेटमा उसका ड्यानी ओल्मोले गोल गरेका थिए। पहिलो हाफमै १ गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेपछि गोल भने गर्न सकेन। कतार विश्वकपको फाइनलपछि फ्रान्स युरोपिन टिमसँग दोस्रो पटक पराजित भएको हो भने समग्रमा तेस्रो मात्र हार हो।

अब स्पेनले आइतबार बर्लिनमा हुने फाइनलमा उपाधिका लागि नेदरल्यान्ड्स र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ।