रियलले जित्यो इन्टर कन्टिनेन्टल कप

19 Dec, 2024

स्पेनिस क्लब रियल मड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ।

बुधबार राति भएको खेलमा कतारमा भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३–० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो। रियलको जितमा किलियन एमबापे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरे।

खेलको ३७औं मिनेटमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १(० को अग्रता बनाएको रियलले दोस्रो हाफमा दुई गोल गरेको थियो।

५३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। ८४औं मिनेटमा भिनिले पेनाल्टीमार्फत गोल गर्दै रियलको ३–० को जित सुनिश्चित गरे।

यूरोपियन च्याम्पियन रियलले सिधै फाइनल खेल्दा पाचुकाले कनकाकाफ च्याम्पियन भएर ब्राजिल र इजिप्टको क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो।