जर्मन क्लब बायर लेभरकुजनले युरोपमा अपराजित यात्रामा नयाँ कीर्तिमान बनाएको छ। बिहीबार राति युरोपा लिग सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमासाग २–२ को बराबरी खेल्दै अपराजित यात्रालाई ४९ खेलसम्म पुर्याउँदै लेभरकुसनले नयाँ कीर्तिमान बनाएको हो।
लेभरकुजनले सन् १९६३–६४ मा युसोबियोको नेतृत्वमा वेनफिकाले बनाएको ४८ खेलको अपराजित कीर्तिमान तोडेको हो।
यो सिजन सबैखाले प्रतियोगितामा अपराजित रहँदै लेभरकुसन ट्रेबलको नजिक छ। अब उसले युरोपा लिग र लिगकप फाइनल तथा लिगमा बाँकी २ खेलमा हारबाट जोगिए ट्रेबल जित्नेछ।
बिहीबार राति घरेलु मैदानम भएको खेलमा रोमासँग २–२को बराबरी खेल्दै समग्रमा ४–२को जितसहित लेभरकुसन युरोपा लिगको फाइनलमा पुगेको छ। पहिलो खेल उसले २–०ले जितेको थियो।
लियोन्ड्रो पेरेडेसले दुई पेनाल्टी गोल गर्दै रोमालाई २–० को अग्रता दिलाएका थिए। तर ८२औं मिनेटमा रोमाकै जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि लेभरकुसनले खेलमा फर्कने मौका पाएको थियो। यस्तै इन्जुरी टाइमको सातौँ मिनेटमा जोसिप स्टानिसिकले गोल गरेपछि लेभरकुजनले सिजनको पहिलो हारबाट जोगिएको थियो।
अब उसले युरोपा लिगको उपाधिका लागि लेभरकुजनले २२ मेमा डब्लिनमा हुने फाइनलमा इटालियन क्लब एटलान्टासँग खेल्नेछ।
एटलान्टाले फ्रेन्च क्लब मार्सेलीलाई समग्रमा ४–१ ले पराजित गर्दै फाइनल पुगेको हो। पहिलो लेग १–१ को बराबरी खेलेको एटलान्टाले दोस्रो लेगमा मार्सेलीलाई ३–० ले हरायो।