तीन वर्षपछि एन्फाले घोषणा गर्‍यो ए डिभिजन लिग

9 May, 2025

अखिल नेपाल फुटबल संघ (एन्फा)ले तीन वर्षपछि सहिद स्मारक ए डिभिजन लिग आयोजनाको घोषणा गरेको छ।

काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न एन्फाको साधारण सभाले ए डिभिजन लिग पुसबाट गर्ने घोषणा गरेको हो।

यसअघि लिग २०७९ सालमा भएको थियो। त्यो बेल चर्च बोइज युनाइटेडले ए डिभिजनमा बढुवा भएको पहिलो सिजन नै उपाधि जितेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको थिएन।

एन्फाले यो वर्षको वार्षिक क्यालेन्डरमा लिगलाई समावेश गरेको छ। एन्फाको क्यालेन्डर अनुसार लिग ५ महिना चल्ने छ।

पुन १ गते सुरु हुने लिग २०८३ जेठ ३१ गते सकिने छ।