यू–२० महिला एसियन छनोटमा भुटानसँग रोकियो नेपाल, एसियन कप यात्रामा धक्का

6 Aug, 2025

एएफसी यू–२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको खेलमा नेपाल आयोजक भुटान १–१ को बराबरीमा रोकेको हो।

कमजोर मानिएको भुटानसँगको बराबरीले नेपाललाई एसियन कप यत्रामा धक्का लाग्न छ।

समूह ए मा डिफेन्डिङ च्याम्पियन उत्तर कोरिया र साउदी अरेबिया छन्। समूहको शीर्ष टिम सिधै र दोस्रो हुने ८ टिम मध्ये तीन टिम मात्र एसियन कपमा पुग्ने भएकाले भुटानसँगको बरारबीले नेपालाई घाटा हुने देखिएको छ।

नेपालले खेलमा पहिलो मिनेटमै अग्रता लिएको थियो। नेपालका लागि सोनु परियारले गोल गरेकी थिइन्। तर, १८औं मिनेटमा भुटानका लागि केल्देन वाङ्‍मोले बराबरी गोल फर्काइन्। त्यसपछि खेलमा थप गोल हुन सकेन।

अघिल्लो महिना बंगलादेशमा भएको यू–२० महिला साफ च्याम्पियनसिपम नेपालले भुटानमाथि ६–१ र ८–०को फराकिलो जित निकालेको थियो। सोही अनुसार यो खेल पनि नेपालले सहज रुपमा जित्न अनुमान गरिएको थियो। तर, घरलु मैदानमा भुटानले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो।

यही समूहको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन उत्तर कोरियाले साउदी अरेबियालाई १५–० को फराकिलो अन्तरले हराएको छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]