एएफसी महिला च्याम्पियन्स लिगमा प्रारम्भिक चरणमा नेपालकाे एपीएफ समूह ‘सी’मा

18 Jul, 2024

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लब समूह सीमा परेको छ।

एसियाली फुटबल महासंघ एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको एपीएफसँगै उज्वेकिस्तानको पीएफसी नासाफ र मलेसियाको सबाह एफसी समूह सीमा छन्। यस समूहको खेलहरु मलेसियामा हुनेछ।

यस्तै प्रारम्भिक चरणको समूह ए मा म्यानमारको म्यावमडी वुमन्स एफसी, लाओसको योङ एलेफेन्ट एफसी, युएईको अबुधावी कन्ट्री क्लब र साउदीको अल सानेर क्लब छन्।

यसैगरी समूह बी मा भारतको उडिसा फुटबल क्लब, सिंगापुरको लायन सिटी सेलर्स एफसी र जोर्डनको एतिहाड क्लब छन् भने समूह डी मा इरानको बाम खातुन, हङकङको किची एससी तथा भुटानको रोएल थिम्पु कलेज एफसी छन्।

प्रारम्किभ चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरेर खेलाइनेछ। हरेक समूहको विजेता एएफसी महिला च्याम्पियन्स लिगको मुख्य चरणमा प्रवेश गर्नेछन्।

नेपाली क्लब एएफसीले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणको लागि तयारी सुरु गरिसकेको छ। प्रारम्भिक चरणको खेल अगष्ट २५ देखि ३१ सम्म हुनेछ।

जहाँ ८ टोली सिधै छनोट भइसकेको छ। प्रारम्भिक चरणबाट छानिएका ४ सहित १२ टोलीबीच महिला च्याम्पियन्स लिग हुनेछ। १२ टोलीलाई तीन समूहमा विभाजन गरेर खेलाइनेछ।