अफ्रिका कप अफ नेसन्स सकिएको २ महिनापछि च्याम्पियन बन्यो मोरक्को

18 Mar, 2026

अफ्रिका कप अफ नेसन्स सकिएको २ महिनापछि मोरक्को च्याम्पियन बनेको छ। दुई महिनाअघि भएको विवादास्पद फाइनलको नतिजा उल्टाउँदै अफ्रिकी फुटबल महासंघ (काफ)ले मोरक्कोलाई विजेता घोषणा गरेको हो।

सेनेगलले विवादास्पद रुपमा खेल छाड्ने निर्णयका कारण काफले दुई महिनापछि नतिजा उल्टाएको हो। राबतमा जनवरी १८ को विवादास्पद फाइनलमा मोरोक्कोलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो।

निर्धारित समयमा खेल बराबरीमा सकिएको थियो। अतिरिक्त समयमा मोरोक्कोलाई पेनाल्टी दिइएपछि सेनेगलका खेलाडीहरूले त्यसमा विरोध जनाउँदै मैदान छाडेपछि खेल निकै विवादास्पद बनेको थियो।

करिब १७ मिनेट ढिलाईपछि सेनेगलका खेलाडीहरु मैदान फर्किएका थिए। तर पेनाल्टीमा मोरोक्कोका ब्राहिम डियाज गोल गर्न चुकेका थिए। अतिरिक्त समयमा पापे गुयेले गोल गर्दै सेनेगललाई १–० को जित दिलाएका थिए।

मोरोक्को अपिलमा काफको अपिल कमिटीले निर्णय गरेपछि अब काफले उक्त नतिजा उल्टाएको छ र मोरोक्को पक्षमा ३–० को नतिजा सुनाइएको छ।

यता, काफ सो निर्णयविरुद्ध सेनेगल फुटबल महासंघले खेलकुद मध्यस्थता अदालत (कवर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स) मा अपिल गर्ने जनाएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]