मैत्रीपूर्ण फुटबलमा अमेरिकाले ब्राजिललाई बरारबीमा रोकेको छ। बिहीबार बिहान फ्लोरिडामा भएको खेलमा अमेरिकाले ब्राजिललाई १–१ गोलको बराबरीमा रोकेको हो।
खेलमा अग्रता ब्राजिलले लियो। रोड्रिगोले १७ मिनेटमा राफिन्हाको पासमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए।
तर, २६औं मिनेटमा अमेरिकाले बराबरी गोल फर्कायो। उसका लागि कप्तान क्रिस्टियन पुलुसिचले डिबक्सको ठीक बाहिरबाट प्राप्त फ्रिकिकमा गोल गरेका थिए।
त्यसपछि पनि दुवै टिमले गोलका लागि थुप्रै प्रयास गरेका थिए। तर, दुवै टिमका गोलकिपरले उत्कृष्ट बचाउ गर्दा थप गोल हुन सकेन।
यो खेल केपा अमेरिकाको तयारीका लागि खेलिएको हो। कोपा अमेरिका अमेरिकामै जुन २१ बाट सुरु हुँदैछ । समूह एमा रहेको अमेरिकाले २४ जुनमा बोलेभियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दा समूह डीमा रहेको ब्राजिलले कोष्टारिकासँग जुन २५ मा पहिलो खेल खेल्नेछ ।