गाेलकिपर लुनिन अझै ६ वर्ष रियलमै रहने

14 Sep, 2024

युक्रेनियन गोलकिपर आन्द्रे लुनिन अझै ६ वर्ष स्पेसिन जायन्ट रियल मड्रिमै रहने भएका छन्। २५ वर्षीय लुनिनले रियलसँगको सम्झौता नवीकरण गरेसँगै उनी ६ वर्ष बर्नाबेउमै रहने पक्का भएको हो।

लुनिनले शुक्रबार सम्झौता ६ वर्षका लागि नवीकरण गर्दैै सन् २०३० सम्म रियलमै रहने निर्णय गरेका छन्।

उनी रियलका दोस्रो रोजाईका गोलकिपर हुन्। तर, उनी उत्कृष्ट फर्मममा छन्। अघिल्लो सिजन पहिलो रोजाईका गोलकिपर थिवो कोर्टुवा लगभग सिजनभर मैदान बाहिर रहँदा उनले आफ्नो क्षमता देखाएका थिए।

रियललाई ला लिग उपाधि दिलाउन र च्याम्पियन्स लिग उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण थियो। रियललाई च्याम्पियन्स लिगको फाइनलसम्म पु¥याउन उत्कृष्ट प्रदर्शन गरेपनि उनले फाइनल भने खेल्न पाएनन्। फाइनलमा कोर्टुवा खेलेका थिए।

यो सिजन उनले रियलबाट खेल्ने मौका पाएका छैनन्। यो सिजन पनि अधिकांक समय बेन्चमै बस्नुपर्ने भएपनि लुनिनले रियल छाड्न चर्चा थियो। तर, उनले रियलसँगको सम्झौता नवीकरण गरेका छन्।

सन् २०१८मा जोर्या लुथानर्कबाट रियल आएका लुनिनले ४८ खेल खेलेका छन्। यसबीचमा उनले लेगानेस, रियल भालाडोलिड र ओभिडोबाट लोनमा पनि खेले। युक्रेनको टिमबाट उनले १३ खेल खेलेका छन्।