वार्षिक क्यालेन्डरमै रहेको ए डिभिजन लिग यो वर्ष नगर्ने एन्फा र क्लबहरुबीच सहमति, पुसमा राष्ट्रिय लिग हुने

4 Nov, 2025

सहिद स्मारक ए डिभिजन लिग यो वर्ष नहुने भएको छ। एन्फाले आफ्नो वाार्षिक क्यालेन्डरमै रहेको ए डिभिजन लिग यो वर्ष नगर्ने एन्फा र क्लबहरुबीच सहमति भएको छ। 

एन्फा र क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नभई राष्ट्रिय लिग गर्ने सहमति भएको छ। उनीहरुबीच ए डिभिजन लिग अर्को गर्ने सहमति भएको छ। 

एन्फा र क्लबहरूबीच यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फर्म्याटमा ए डिभिजन लिग गर्ने सहमति भएको हो।

राष्ट्रिय लिगभन्दा अगाडि मकवानपुरमा एन्फा प्रेसिडेन्ट लिग पनि हुनेछ जहाँबाट ४ टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने सहमति पनि भएको छ। 

राष्ट्रिय लिगमा गत संस्करणको ए डिभिजन लिगमा शीर्ष ६ मा रहेका टोली (चर्च व्वाईज युनाईटेड क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस टिम, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र एनआरटी) र प्रेसिडेन्ट लिगबाट गएका ४ टोली गरी १० टिम सहभागी हुने छन्। 

राष्ट्रिय लिगको विजेता टोलीले एएफसी च्यालेन्ज लिगमा सहभागिता जनाउनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]