नव जागृति र सुर्खेतको काँक्रेविहार राष्ट्रिय लिगमा छनोट

14 Nov, 2025

बाराको नव जागृति युवा क्लब र सुर्खेतको काँक्रेविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन्। 

हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा शुक्रबार भएको खेलमा जित निकाल्दै सेमिफाइनलमा पुग्दै दुवै टिमले राष्ट्रिय लिगमा स्थान बनाएका हुन्। जारी लिगको समुह बीमा दुवै टोली समान १०–१० अंकसहित सेमिफाइनलमा प्रवेश गरेका छन्। 

शुक्रबार समूह चरणको अन्तिम खेलमा नव जागृतिले तनहुँको हैरान्स क्लबलाई ७–२ ले हरायो। नव जागृतिका लागि सुजन डंगोलले हृयाट्रिक गरे। उनले ५१ औं, ५६ औं र ६० औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरेका थिए। 

यस्तै, जागृतिका लागि अविनाश स्याङ्तानले ५१ औं र कृपकन्त महतो थारुले ९२ औं मिनेटमा गोल गरे भने एक गोल आत्मघाती भएको थियो। यता, हैरान्सका विजय दोङले ४०औं र सामुयल सुनारले ६२औं मिनेटमा गोल गरेका थिए।

यसैगरी दोस्रो खेलमा काँक्रेविहारले उदयपुरको गाइघाट फुटबल क्लबलाई ५–३ गोलले हरायो। काँक्रेविहारका लागि अनिष घर्ती क्षेत्रीले हृयाट्रिक गरे। उनले खेलको ६९, ८९ र ९१ औं मिनेटमा गोल गरे भने अनिष चापागाईंले १७औं र गणेश पुलामीले ५३औं मिनेटमा गोल गरे।

गाईघाटका लागि पविन राईले २९औं मिनेटमा र ८१औं मिनेटमा र यस्तै दिवस श्रेष्ठले १४औं मिनेटमा गोल गरे। 

यसअघि समूह एबाट कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी यसअघि नै राष्ट्रिय लिगको लागि छनोट भइसकेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]