एन्फा महिला लिग छनोट आजबाट, उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै

14 Aug, 2025

एन्फा महिला लिग छनोटका खेलहरू आजबाट सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट .प्रतियोगिता सुरु हुन लागेको हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्ने भएका छन् । खेल दिउँसो १ बजे सुरु हुनेछ।

यस्तै, दोस्रो खेलमा भने सङ्कटा क्लब र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि आजै अपराह्न सवा ४ बजे सुरु हुनेछ।

प्रतियोगितामा १४ टोलीको सहभागिता छन् भने सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन्।

यसैगरी समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]