फुटबलर अञ्जनलाई चिनियाँ स्पोर्ट्स कम्पनीको प्रायोजन

25 May, 2024

काठमाडौं, जेठ १२ : नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अञ्जन विष्टलाई चिनियाँ स्पोर्ट्स पोसाक ब्रान्ड ३६१ डिग्रीले प्रायोजन गरेको छ।

शनिबार नेपालको लागि स्पोर्ट्स ब्रान्डका प्रमुख कार्यकारी अधिकृत सरोज कार्की र अञ्जनबीच सम्झौतामा हस्ताक्षर भएको छ। यो प्रायोजन ३ वर्षसम्म कायम रहनेछ।

सम्झौता अनुसार कम्पनीले अञ्जनलाई तीन वर्षसम्म पोसाकसँगै आर्थिक सहयोग पनि दिने छ। तर, कति रकम अञ्जनले पाउँछन् भन्ने चाहिँ गोप्य राखिएको छ।

प्रमुख कार्यकारी अधिकृतकार्कीले पहिलो पटक फुटबलमा त्यो पनि अञ्जनसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताएका छन्। कम्पनीले नेपालमा फुटसल, बास्केटबलमा यस्ता सहकार्य गर्दै आएको छ।

सम्झौतापछि अञ्जनले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्दा खुसी भएको बताए। उनले यस्ता प्रायोजक आउँदा फुटबलमै लाग्न प्रेरित गर्ने बताएका छन्।