विभागीय टिम एपिएफले एन्फा महिला लिगमा आफ्नो अपराजित यात्रालाई ५ खेलसम्म निरन्तरता दिएको छ। आइबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशमाथि ६–०को फराकिलो जित निकाल्यो।
चौथो मिनेटमा निशा थोकरले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाइन्। त्यसपछि १४ मिनेट अन्तमार रश्मीकुमारी घिसिङले २ गोल गोल गरेपछि एपिएफले ३–०को अग्रता बनायो। रश्मीले ११ र १५औं मिनेटमा गोल गरेकी थिइन्।
पहिलो हाफमा ३ गोल गरेको एपिएफले दोस्रो हाफमा पनि ३ गोल गरेको थियो। ५३औं गीता रानाले पेनाल्टी गोल पिएफलाई ४–० को अवस्थामा ल्याइन्। त्यसपछि ७७औं मिनेटमा हिमा रावत र खेलको अन्तिम मिनेटमा कर्णालीकी वर्षा ओली आफ्नै पोस्टमा गोल गरेपछि एपिएफ ६–०ले विजयी यभो।
जितसँगै एपिएफले ५ खेलमा १३ अंक जोडेको छ। कर्णालीको भने १ अंक मात्र छ।
यता, अर्को खेलमा मधेशका दुई टिम बाग्मती युवा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेलेका छन्। लिगमा चन्द्रपुरको ६ र बागमतीको ४ अंक छ।