एएफसी महिला च्याम्पियन्स लिग छनोटमा नेपाली क्लब एपिएफ जितबिहीन बनेको छ।
यसअघि नै दुवै खेलमा पराजित हुँदै छनोटबाट बाहिरिसकेको एपिएफ अन्तिम खेलमा साउदी क्लब अल नासरसँग ६–१को फराकिलो अन्तरले पराजित भयो।
छनोटका तीन खेलमा एपिएफले एक गोल मात्र गर्न सक्यो। अन्तिम खेलमा एपीएफका लागि एक मात्र गोल सविता राना मगरले गरिन्।
एपिएफ यसअघि उज्वेकिस्तानको नासाफसँग ३–० र थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्ससँग ४–० ले पराजित भएको थियो।
एपिएफले लगातार दोस्रो पटक एएफसी महिला च्याम्पियन्स लिग छनोट खेलेको हो। तर, नेपाली राष्ट्रिय टिमकै खेलाडी भए पनि एपिएफको प्रदर्शन भने विर्सन लायक रह्यो।
