साफ महिला क्लब च्याम्पियनसिप डिसेम्बरमा नेपालममा हुने, नेपालबाट एपिएफ सहभागी हुने

19 Sep, 2025

पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोतिगा आयोजना हुने भएको छ।

साफले प्रतियोगिताको मिति आगामी डिसेम्बरका लागि तय गरेको छ। यसअघि साफ कांग्रेसले प्रतिोगिता नोभेम्बरमा गर्ने तय गरेको थियो। ्

प्रतियोगिता नेपालमै डिसेम्बर ५ देखि २० सम्म हुने छ। जसमा साफमा नेपालसहित ५ देशका ५ क्लबको सहभागीता रहने छन्।

प्रतियोतिगामा नेपालबाट विभागीय टिम एपिएफ क्लबले सहभागीता जनाउने छन्। एपिएफले लागतार दुई पटक एसियन महिला च्याम्पियन्स लिग छनोट खेलेको छ। तर, दुवै पटक ऊ छनोट चरणबाटै बाहिरिएको छ।

यस्तै, प्रतियोगितामा बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी र पाकिस्तानको कराची फुटबल क्लब सभागी हुनेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]