एन्फा महिला लिगमा विभागीय टिम नेपाल पुलिस क्बल विजयी भएको छ। सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा आर्मीले सर्लाहीको बागमती युथ क्लबमाथि ३–०को जित निकाल्यो।
आर्मीको जितमा
आर्मीले एन्फा वुमेन्स लिगमा सोमबार बागमतीमाथि ३–० को जित निकाल्यो, तर यो सजिलो रहेन् र टिमले धेरै हदसम्म संघर्ष गर्न बाध्य रह्यो । यो जितपछि आर्मीको पाँच खेलबाट १० अंक भएको छ ।
सपना लामा, पुनम जर्घामगर र चन्द्रा भण्डारीले गोल गरेका थिए। खेलमा पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल भएको थियो।
छैटौं मिनेटमा सपनाको गोलमा खेलमा आर्मीले अग्रता लियो। २२औं मिनेटमा पुनमले आर्मीको अग्रता दोब्बर बनाइन्। चन्द्रा पेनाल्टीमा गोल गर्न असफल भएपछि खेलको पहिलो हाफ २–०मै सकियो।
खेलमा त्यसपछि लामो समय गोल निस्केन। दोस्रो हाफको इन्जुरी समयमा चन्द्रले गोल गरेपछि आर्मी ३–०ले विजयी भयो।
डबल राउन्ड रोबिनका आधारमा जारी एन्फा महिला लिगको सुपर लिगमा यो जित आर्मी १० अंकसहित दोस्रो स्थानमा छ। बागमती ३ अंकसहित चौथो स्थानमा छ।