१६ वर्षपछि आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा, रियल म्याड्रिड बाहिरियो

17 Apr, 2025

आर्सनल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनलमा स्पेनिस जायन्ट रियल मड्रिडमाथि समग्रहमा ५–१ को सानदार जित निकाल्दै आर्सन सेमिफाइनलमा पुगेको हो।

घरेलु मैदानमा भएको पहिलो ३–०ले जितेको आर्सनलले दोस्रो लेग बनाबेउमा २–१ले जित्यो। आर्सनल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो। ऊ पछिल्लो पटक सन् २००९ पछिमा सेमिफाइनल पुगेको छ। रियल म्याड्रिड सन् २०२० पछि पहिलो पटक सेमिफाइनलमा पुग्न असफल भएको हो।

दोस्रो लेगमा स्यान्टियागो बर्नाबेउ स्टेडियममा भएको खेलमा आर्सनलले २–१ को जित निकाल्यो। ६५औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। रियलका भिनिसियस जुनियरले ६७औं मिनेटमा बराबरी गोल गरे पनि खेलको अन्तिम समयमा ग्याब्रियल मार्टिनेलीले गोल गरेर आर्सनलको जित पक्का गरे।

यो खेलमा रियलले पुनरागमनको कुनै सम्भावना देखाउन सकेन। पहिलो हाफमा रियलका किलियन एम्बाप्पेले गोल गरे पनि अफसाइडका कारण मान्य भएन। आर्सनलले पेनाल्टीको अवसर पायो, तर साकाको पानेन्का पेनाल्टी रियलका गोलकिपर थिबाउट कोर्टवाले रोके।

रियलले पनि पेनाल्टी पाएको थियो, तर भिएआरको जाँचपछि त्यो निर्णय उल्टियो। आर्सनलको रक्षात्मक प्रदर्शन उत्कृष्ट रह्यो, विशेषगरी डेक्लान राइस र जुरियन टिम्बरले रियलको आक्रमणलाई नियन्त्रणमा राखे।

खेलपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले यो क्लबमा लागि ऐतिहासिक रात भएको बताए। उनले आत्मविश्वासका साथ खेल्दा जित सम्भव भएको बताए। यता, रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले पनि पहिलो लेगको हारले खेललाई कठिन बनाएको बताए।

आर्सनलले अब सेमिफाइनलमा पिएसजीको सामना गर्नेछ।

आर्सनलको यो जितले इङ्लिस प्रिमियर लिगका टिमहरूलाई पनि फाइदा पुर्‍याएको छ। यो नतिजाले सन् २०२५/२६ सिजनको च्याम्पियन्स लिगमा प्रिमियर लिगबाट कम्तीमा पाँच टिमले स्थान पक्का गरेका छन्। आर्सनलले यो सिजन प्रिमियर लिगमा लिभरपुलसँग उपाधि जित्ने सम्भावना गुमाइसकेको छ, तर च्याम्पियन्स लिगमा भने उसको प्रदर्शनले नयाँ आशा जगाएको छ।