ग्योकेरेसको गोलमा आर्सनलको सानदार जित, एस्टान भिल्ला पराजित

24 Aug, 2025

इंग्लिस प्रिमियर लिगमा आर्सनललेले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा नयाँ स्ट्राइकर भिक्टर ग्योकेरेसले डेब्यू गोल गरेपछि आर्सनल लिड्स युनाइटेड माथि ५–० को फराकिलो जित निकाल्यो।

घरेलु मैदान इमिमरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि ग्योकेरेस र जुलियन टिम्बरले समान २ गोल गर्दा बुकायो साकाले १ गोल गरे। आर्र्सनलले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

खेलमा ३४औं मिनेटमा टिम्बरको गोलमा आर्सनलले अग्रता लिाये। इन्जुरी समयमा साकाले गोल गर्दै पहिलो हाफमा टिमलाई २–० को अग्रता दिलाए। ४८औं मिनेटमा ग्योकेरेसले गोल गर्दै अर्सानलाई ३–०को अवस्थामा ल्याए। उनको आर्सनल र प्रिमियर लिगमा पहिलो गोल हो।

५६औं मिनेटमा टिम्बरले नै गोल गरेपछि आर्सनल ४–० को सहजा अवस्थामा आयो। त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा ग्योकेरेसले प्राप्त पेनाल्टीमा गोल गरेपछि आर्सनल ५–०ले विजयी भयो।

आर्सनलको लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडलाई १–०ले हराएको थियो।

यस्तै, अर्को खेलमा ब्रेन्टफोर्डले एस्टन भिल्लालाई १–०ले हराएको छ। ब्रेन्टफोर्डका लागि डान्गो ओआटाराले गोल गरेका थिए। यस्तै, बर्नलीले सन्डरल्यान्डलाई २–०ले हराउँदा बोर्नेमाउथले १० खेलाडीमा समेटिएको वुल्भ्सलाई १–०ले हरायो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]