आर्सनल कारबाओ कपको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १–०को जितसहित समग्रमा ४–२ को जित निकाल्दै आर्सनल फाइनलमा पुगेको हो।
यसअघि पहिलो लेगमा आर्सनल ३–२ले विजयी भएको थियो।
मंगलबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन काइ हाभर्ट्जले इन्जुरी समयमा गोल गरे। उनले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेका थिए।
अब आर्सनलले उपाधिका लागि म्यानचेष्टर सिटी र न्युकासल युनाइटेडबीचको विजेतासँग खेल्नेछ।
