जारी सिजन उत्कृष्ट लयमा रहेको उनई एमेरीको टिम एस्टन भिल्ला प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बर्नलीमाथि ३–२को रोमाञ्चक जित निकाल्दै भिल्ला दोस्रो स्थानमा उक्लिएको हो।
२० खेलमा ४२ अंक जोड्दै भिल्ला दोस्रो स्थानमा उक्लिएको हो। शीर्ष स्थानको लिभरपुलसँग अकं बराबरी भएपनि गोल अन्तरमा पछि पर्दौ भिल्ला दोस्रो भएको हो। यद्यपि लिभरपुलले १ खेल कम खेलेको छ।
२८औं मिनेटमा लियोन बेलीले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाए। तर, ३१औं मिनेटमै बर्नलीले बराबरी गोल फर्कायो। उसका जेकी एडोउनीले गोल गरेका थिए।
४२औं मिनेटमा मौसा डिबेले गोल गरेपछि भिल्लाले पहिलो हाफमा २–१को अग्रता बनाए। ५६औं मिनेटमा भिल्ला १० खेलाडीमा समेडियो। उसका सान्डर ब्रेगले रातो कार्ड पाएका थिए।
१० खेलाडीमा समेटिएपछि ७१औं मिनेटमा लिले फोस्टरले गोल गर्दै बर्नलीलाई फेरि बराबरीमा ल्याए। तर, ८९औं मिनेटमा प्राप्त पेनाल्टीमा डग्लस लुइसले गोल गरेपछि भिल्लाले ३–२को जित निकाल्यो।
यस्तै, अन्य खेलमा चेल्सीले लुटन टाउनमाथि ३–२को जित निकाल्दा क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई ३–१ले हरायो। वुल्भ्सले एभर्टनमाथि ३–०को सहज जित निकाल्यो।