एस्टन भिल्लाले बायर्नलाई हरायो, लिभपुल विजयी

3 Oct, 2024
Share:
117 Shares

च्याम्पियन्स लिगमा एस्टन भिल्ला विजयी भएको छ। बुधबार राति भएको खेलमा भिल्लाले जर्मन महाराथी बायर्न म्युनिखमाथि १–०को जित निकाल्यो।

घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एस्टन भिल्लाका लागि जोन डुरानले ७९औं मिनेटमा निर्णायक गोल गरे। खेलमा बायर्नले थुप्रै आक्रमण गरेपनि भिल्लाका गोलकिपर इमिलानो मार्टिनेजले उत्कृष्ट बचाउ गरे।

च्याम्पियन्स लिगमा भिल्लाको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा भिल्लाले योङ व्याजलाई पराजित गरेको थियो।

लिभरपुलले घरेलु मैदानमा बोलोग्नालाई २–० ले पराजित गरेको हो। एनफिल्डमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टरले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। मोहमद सालाहले ७५औं मिनेटमा अर्को गोल थपे। लगातार दोस्रो जितपछि लिभरपुल ६ अंक जोडेर पाँचौ स्थानमा छ।