ला लिगाको पहिलो खेलमा एट्लेटिको पराजित

18 Aug, 2025

स्पेनिस ला लिगामा डिएगो सिमोनीको टिम एट्लेटिको मड्रिडले खराब सुरुआत गरेको छ। आइतबार राति भएको खेलमा एट्लेटिको स्पानियोलसँग २–१ले पराजित भयो।

खेलमा स्पानियोलका लागि मिग्युल रुबिओ र पेरे मिल्लाले गोल गरेका थिए भने एट्लेटिकोका जुलियन अल्भारेजल गोल गरेका थिए।

खेलमा अग्रता एट्लेटिकोले लियो। ३७औं मिनेटमा अल्भारेज गोल गरेका थिए। तर, ७३औं मिनेटमा रुबिओले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए। त्यसपछि ८४औं मिनेटमा मिल्लाले गोेल गरेपछि स्पानियोल २–१ले विजयी भयो।

यस्तै, अर्को खेलमा एथ्लेटिको क्लबले सेभियामाथि ३–२को जित निकाल्दा गेटाफेले सेल्टाभिगोलाई २–०ले हरायो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]