ओल्मोले गरे बार्सिलोनामा डेब्यूमै गोल, बार्सिलोना विजयी

28 Aug, 2024

डेब्यूटान्ट ड्यानी ओल्मोको निर्णायक गोल मद्दतमा स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। मंगलबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोमाथि १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१को जित निकालेको हो।

बार्सिलोनाका लागि पेड्री र ओल्मोले गोल गरेका थिए। यता, भालेकानोका उनाई लोपेजले गोल गरेका थिए।

खेलमा अग्रता भालेकानोले लियो। उसका लोपेजले नवौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो। दोस्रो हाफमा बार्सिलोनाले पुनरानमन गरेको थियो।

६०औं मिनेटमा पेड्री गोल गर्दै बार्सिलोनालाई खेलमा फर्कााएका थिए। त्यसपछि ८२औं मिनेटमा ओल्मोले गोल गर्दै खेल बार्सिलोनाको पक्षमा बनाए।

३ सातअअघि नै बार्सिलोना आएपनि ओल्मोले मंगलबार बार्सिलोनाका डेब्यू गरेका हु्न्। बार्सिलोना ओल्मोलाई मंगलबार मात्रै ला लिगामा दर्ता गराएको थियो।

ला लिगामा बार्सिलोनाको यो लागतार तेस्रो जित हो। ऊ ९ अंकसहित शीर्ष स्थानमा छ। पहिलो हार व्यहोरेको भालेकानो ३ खेलबाट ४ अंकसहित आठौं स्थानमा छ।

यता, खेलको अन्तिम समयमा युवा मिडफिल्डर मार्क बेर्नाल घाइते भएपछि बार्सिलोनालाई धक्का लागेको छ। नयाँ तीनै खेलमा सुरुआती ११ मै रहेका बेर्नाललाई एसिएल इन्जुरी भएको छ। उनी पुरै सिजन बाहिर रहने बताइएको छ।