सेनाको विशेष विमानमार्फत स्वदेश फर्कियो बंगलादेशको फुटबलम टिम

11 Sep, 2025

दुई मैत्रीपूर्ण फुटबलका खेल्न नेपाल आएको बंगलादेशको राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ।

नेपालमा उत्पन्न परिस्थितिका खेल रद्द भएपछि नेपालमै रोकिएको बंगादेशको फुटबल टिम आज बिहान सेनाको विशेष विमानबाट स्वदेश फर्किएको हो।

शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेतय थियो।

तर, भएको जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार देशभरको स्थिति तनावपूर्ण बनेपछि खेल स्थागित गरिएको छ। तनावपूर्ण अवस्थापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएपछि बंगलादेशी टिम नेपालमै रोकिएको छ।

विमानस्थल बुधबार दिउँसोबाट सञ्चालनमा आएको थियो। विमानस्थाल खुलेसँगे सेनासँगको समन्वयमा बंगलादेशी टिम आज बिहान स्वदेश फर्किएको एन्फाले जनाएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]