लेवान्डोस्कीको गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा उक्लियो

18 Feb, 2025

स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। सोमबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको निर्णायक गोल मद्दतमा बार्सिलोनाले रायो भालेकानोलाई १–०ले हरायो।

२८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। बार्सिलोनाका इनिगो मार्टिनेजले डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा उनले गोल गरेका थिए।

त्यसपछि पनि बार्सिालेनाले गोलका थुप्रै अवसर सिर्जन गरे पनि थप गोल भने गर्न सकेन र खेल १–०मै सकियो।

यो जित बार्सिलोका लागि निकै महत्वपूर्ण रह्यो। यो गेम विकमा शीर्ष दुई टिम रियल र एट्लेटिको मड्रिड बराबरीमा रोकिएकाले तेस्रो स्थानको बार्सिलोना जितसहित शीर्ष स्थानमा उक्लिक्यो।

बार्सिलोना र रियलको समान ५१ अंक छ । तर, बार्सिलोना गोलअन्तरमा अघि छ। रायो भालेकानो भने २५ अंकसहित छैठौं स्थानमा छ।