९ खेलाडीमा समेटिएको मालोर्कामाथि बार्सिालेनाको जित

17 Aug, 2025

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले ला लिगामा विजयी सुरुआत गरेको छ। शनिबा राति भएको खेलमा उसले ९ खेलाडीमा समेटिएको रियल मालोर्कामाथि ३–०को जित निकाल्यो।

उसका लागि राफिन्हा, फरान टोरेस र लमिन यमालले गोल गरे। बार्सिलोनाले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

सातौं मिनेटमा राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाए। उनले लमिन यमालको पसामा गोल गरेका थिए। २३औं मिनेटमा टोरेसले बार्सिलोनाको अग्रता दोब्बर बनाए।

त्यसपछि २ गोलले पछि परेको मार्लोका ६ मिनेट अन्तरमा ९ खेलाडीमा समेटियो। ३३औं मिनेटमा मानु मार्लनेस र ३९औं मिनेटमा भेदात मुरिकले सिधै रातो कार्डा पाएका थिए।

९ खेलाडीमा समेटिएपछि दबाबमा आएपछि मालोर्काले उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनालाई ९० मिनेटसम्म रोकेको थियो। इन्जुरी समयको चौथो मिनेमा यमालले गोल गरेपछि बार्सिलोना ३–०ले विजयी भयो।

अन्य खेलमा भिल्लारियलले ओविाडोलाई २–० र अलाभेसले लेभान्टेलाई २–१ले हराउँदा भ्यालेन्सिया र रियल सोसिडाडले १–१को बराबरी खेले।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]