बार्सिलोनाको शतप्रशित जित, रोकियो एट्लेटिको

23 Sep, 2024

हान्सी फ्लिकको प्रशिक्षणमा यो सिजन बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। ला लिगामा बार्सिलोनाले आफ्नो शतप्रतिशत नतिजालाई ६ खेलसम्म निरन्तरता दिएको छ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ५–१को फराकिलो जित निकाल्यो। बार्सिालेनाको जितमा रोबर्ड लेवान्डोस्की र राफिन्हाले समान २ गोल गर्दा पाब्लो टोरेले १ गोल गरे। भिल्लारियलका योजे पेरेजले गोल गरेका थिए।

खेलमा २०औं मिनेटमा लेवान्डोस्कीको गोलमा बार्सिलोनाले अग्रता लियो। ३५औं मिनेटमा लेवान्डोस्कीले नै टिमको अग्रता दोब्बर बनाए। ३८औं मिनेटमा पेरेजले गोल गर्दै भिल्लारियललाई खेलमा फर्काउने प्रयास गरेका थिए।

तर, दोस्रो हाफमा बार्सिलोना पूर्ण रुपमा हावी भएको थियो। ५८औं मिनेटमा टोरेले गोल गर्दै बार्सिलोनालाई ३–१को अवस्थामा ल्याए। ६५औं मिनेटमा प्राप्त पेनाल्टीमा लेवान्डोस्की चुकेका थिए। त्यसपछि राफिन्हाले ७४ र ८३औं मिनेटमा गोल गरेपछि बार्सिलोना ५–१ले विजयी भयो।

पहिलो हाफमै कप्तान तथा गोलकिपर मार्कआन्द्रे् टेरस्टेगन चोट बोक्दै मैदान छाड्न बाध्य भएका थिए। त्यो भने बार्सिालोनाका लागि पीडादायी भयो।

यस्तै, अर्को खेलमा एट्लेटिको मड्रिड रायो भालेकानोसँग १–१को बराबरीमा रोकियो। इसी पालाजोनले ३५औं मिनेटमा गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए। तर, ४९औं मिनेटमा कोर्नर कालाघरले गोल गर्दै खेलालाई बराबरीमा ल्याएका थिए।