जर्मन प्रशिक्षक हान्सी फ्लिक स्पेसिन क्लब बार्सिलोनको मुख्य प्रशिक्षक बनेका छन्। ५९ वर्षीय फ्लिक बार्सिलोनामा जाभीको स्थान लिने छन्।
अघिल्लो सातामात्र क्लब आर्थिक मामिलामा टिप्पणी गरेपछि अघिल्लो साता मात्र बार्सिालोनाले जाभीलाई बर्खास्त गरेको थियो। १ वर्षका लागि सम्झौता नवीकरण गरेको केही समयमै जाभी बर्खास्तीमा परेका थिए।
सन् २०२० मा जर्मन क्लब बायर्न म्यूनिखलाई ट्रेबल जिताएका उनी त्यसपछि जर्मन राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन्। कतार विश्वकपमा खराब प्रदर्शन गरेपछि फ्लिकले जर्मन टिम छाडेका थिए। त्यसयता उनी क्लबबिहीन थिए।
फ्किले बार्सिलोनासँग ३० जुन २०२६ सम्मका लागि सम्झौता गरेका छन्।
बार्सिलोनासँग सम्झौता गरेपछि फ्लिकले बार्सिलोनाजस्तो सफल र ठूलो क्लबमा जोडिन पाउँदै एकमै खुसी र गर्व महसूस भएको बताएका छन्।
फ्लिकले जर्मनको टिम सम्हाल्नुअघि २०२० मा बार्यन म्युनिखलाई ट्रेबल ९बुन्डेजलिगा, जर्मन कप र च्याम्पियन्स लिग० जिताएका थिए । बार्सिलोनाका फवार्ड रोबर्ट लेभान्डोस्कीले २ वर्ष बार्यन म्युनिखमा फ्लिकको प्रशिक्षणमा खेलेका थिए ।