एट्लेटिकोमाथि बार्सिलोनोको उत्कृष्ट पुनरागमन जित, शीर्ष स्थानमा फर्कियो

17 Mar, 2025

स्पेनिस ला लिगामा बार्सिलोनामा उत्कृष्ट पुनरागमन जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले २ गोलले पछि परेको अवस्था उल्टाउँदै एट्लेटिको मड्रिडलाई उसकै मैदानमा ४–२को जित िनकाल्यो

बार्सिलोनालाई उत्कृष्ट जित दिलाउन फरान टोरेसले २ गोल गरे भने रोबर्ट लोवान्डोस्की, लमिन यमालले पनि गोल गरे। यता, एट्लेटिकोका जुलियन अल्भारेज र अलेक्जान्डर सोर्लोथले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीतर्फ उन्मूख खेलमा ४५औं मिनेटमा अल्भारेजको गोलमा एट्लेटिकोले अग्रता लियो। ७०औं मिनेटमा सोर्लोथले गोल गर्दै खेलमा एट्लेटिकोलाई २–०को अग्रता दिलाए।

दोस्रो गोल खाएको २ मिनेटपछि नै लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। त्यसपछि ७८औं मिनेटमा टोरेसले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याए। त्यसपछि बार्सिलोनाले इन्दुरी समयमा थप २ गोल गरेको थियो। दोस्रो मिनेटमा यमाल र आठौं मिनेटमा टोरेसले गोल गरेका थिए।

यो सानदार पुनरामगन जितसँगै बार्सिलोन पुनः शीर्ष स्थानमा फर्किएको छ। २७ खेलमा ६० अंकसहित बार्सिलोना शीर्ष स्थानमा फर्किको हो। १ खेल बढी खेलेको रियल मड्रिड ६० अंक नै सहित दोस्रो स्थानमा छ। एट्लेटिको भने ५६ अंकसहित तेस्रो स्थानमा छ।

यस्तै, अन्य खेलमा रियल बेटिसले २गोलले पछि परेको अवस्था उल्टाउँदै लेगानेसमाथि ३–२को जित निकाल्दा १० खेलाडीमा समेटिएको लेगानेसले ओससुनालाई २–१ले हरायो। यस्तै, एथ्लेटिक क्लबले सेभियालाई १–०ले हराउँदा रियल भालेकानो र रियल सोसिडाडले २–२ गोलको बराबरी खेले।