बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

4 Feb, 2026

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ।

गएराति भएको भएको पहिलो क्वाटरफाइनलमा अल्बासेटेलाई उसैको मैदानमा २-१ ले पराजित गरेको गर्दै बार्सिलोना सेमिफाइनलमा पुगेकाे हो।

बार्सिलाेनाकाे जितमा लमिन यमाल र राेनाल्ड अराउजाेले गाेल गरे।

यामलले ३९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। अराउजोले ५६औं मिनेटमा अग्रता दोब्बर पारे।

अल्बासेटेका लागि जाभी मोरेनोले ८७औं मिनेटमा गोल फर्काउँदै टिमकाे आशा जिवितै राखे। तर, थप गाेल नभएपछि बार्सिलाेना विजयी भयाे।

अन्य क्वाटरफाइनलमा भ्यालेन्सिले एथ्लेटिक विल्वाओ, अलाभेजले रियल सोसिडाड तथा एट्लेटिको मड्रिडले रियल बेटिससँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]