त्रिभुवन आर्मी क्लब भोजपुरमा जारी सातौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको फाइलनमा प्रवेश गरेको छ।
बिहीबार भएको सेमिफाइनलमा खोटाङ भगवती स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ले हराउँदै आर्मी फाइनलमा पुगेको हो।
निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट गरिएको थियो। पेनाल्टीमा आर्मीका जितेन्द्र कार्की, रिपु प्रधान, बसन्त जिम्बा र मानबहादुर आलेले गोल गरे भने सुरज बस्नेतले गोल गर्न असफल भए।
खोटाङ भगवतीका मार्टिन, दिवस उराव, प्रसान्त अवस्थीले मात्र गोल गर्न सके। उसका विशाल दर्जी र सुदिप श्रेष्ठको आर्मीका गोलकिपरले रोकेका थिए।
खेलमा अग्रता आर्मीले लियो। उसका बसन्त जिम्बाले ३७औं मिनेटमा गोल गरेका थिए। एक गोल गरेका थिए। तर, दोस्रो हाफको सुरुआतमै भगवतीले खेलालाई बराबरीमा ल्यायो। ४७औं मिनेटमा उसका खमिर गिल्सनले गोल गरेका थिए।
अब आर्मीले उपाधिका लागि सलहेश युवा क्लब सिरहा र चर्च बोइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।