विश्वकप छनोटमा ब्राजिलको सानदार जित

5 Sep, 2025

सन् २०२६ को विश्वकप छनोटमा ब्राजिलले सानदार जित निकालेको छ। ब्राजिलको प्रसिद्ध माराकाना स्टेडियममा भएको खेलमा ब्राजिलले चिलीमाथि ३–०को जित निकाल्यो।

ब्राजिललका लागि स्टेवाओ विलियम, ब्रुनो गुइमारेस र लुकास पक्वेटाले गोल गरे। ब्राजिलले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

३८औं मिनेटमा स्टेवाओको गोलमा ब्राजिलले अग्रता लियो। १८ वर्षीय स्टेवाओको यो राष्ट्रिय टिममा पहिलो गोल हो।

पहिलो हाफ १–०मै सकियो। ७२औं मिनेटमा पक्वेटाले लुइज हेड्रिकको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए। त्यसपछि ७६औं मिनेटमा गुइमारेसले गोल गरेपछि ब्राजिलले चिलीमाथि ३–०को सहज जित निकाल्यो।

यो जितपछि ब्राजिल २८ अंकसहित छनोटको दोस्रो स्थानमा छ। ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ। छनोटबाट बाहिरिसकेको चिली भने १० अंकसहित पुछारमा छ।

यस्तै, अन्य खेलमा उरुग्वेले पेरुलाई ३–०ले नै हराउँदा कोलम्बियाले पनि बोलिभियामाथि ३–०कै जित निकाल्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]