कार्लो एन्सोलोटी प्रशिक्षक बनेपछि ब्रजिल्लले पहिलो जित निकालेको छ।
विश्वकप छनोट अन्तर्गत बुधबार बिहान भएको खलमा ब्राजिलले पाराग्वेमाथि १–०को जित निकाल्यो।
यसअघि एन्सोलोटीको पहिलो खेलमा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको थियो।
घरेलु मैदानमा ब्राजिललाइृ जित दिलाउन भिनिसियन जुनियरले निर्णायक गोल गरे। उनले म्याथिस कुन्हाको क्रसमा ४४औंमा ट्यापइनमा गोल गरेका थिए। यो उनको राष्ट्रिय टिमका लािग सतौं गोल हो।
खेलमा ब्राजिलले पूर्ण नियन्त्रण बनादै गोलका थुप्रै अवसर सिर्जना गरे पनि थप गोल भने गर्न सकेन। उसले ७३ प्रतिशत बल पोेजेसन बनाउँदै ११ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो। यता, पाराग्वेले ५ मध्ये १ सट मात्र फ्रेममा प्रहार गरेको थियो।
याे जितपछि ब्राजिल अंक तालिकामा २५अंक जाेड्दै तेस्राे स्थानमा उक्लिएकाे छ। ३५ अंकसहित अर्जेन्टिना शीर्ष र इक्वेडर २५ अंकसहित दाेस्राे स्थानमा छ। २४ अंक जाेडेकाे पाराग्वे पाँचाैं स्थानमा छ।
