विश्व फुटबलको महाशक्ति राष्ट्र ब्राजिल पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ। त्यही लयलाई उसले बुधबार बिहान पनि निरन्तरता दियो।
बुधबार बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिल उरुग्वेसँग १–१को बराबरीमा रोकियो। विश्वकप छनोटमा ब्राजिलको यो लगातार दोस्रो बराबरी हो। अघिल्लो खेलमा ऊ पेरुसँग रोकिएको थियो।
पहिलो गोलरहित बराबरीमा सकिएको खेलमा ५५औं मिनेटमा उरुग्वेले अग्रता लियो। फेडेरिको भाल्भर्डेले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। ६२औं मिनेटमा गेर्सनले ब्राजिलका लागि बराबरी गोल फर्काए।
खेलमा उरुग्वेमाथि दबाब बनाए पनि ब्राजिलले गोल भने गर्न सकेन। उसले १८ सट प्रहार गर्दा ३ सटमा त्र फ्रेममा राख्न सकेको थियो।
यो बराबरीपछि ब्राजिल विश्वकप छनोटमा पाँचौं स्थानमा झरेको छ भने उरुग्वे दोस्रो स्थानमा उक्लिएको छ। उरुग्वे २० अंक छ भने ब्राजिललेका १८ अंक छ।
यस्तै, अन्य खेलमा इक्वेडरले कोलम्बियामाथि १–०को जित निकाल्दा चिनीले भेनेजुएलालाई ४–२ले हरायो। यस्तै, बोलिभिया र पाराग्वेले २–२ गोलको बराबरी खेले।