खेलाडी र प्रशिक्षकका रूपमा चार पल्ट विश्वकप जितेका ब्राजिली फुटबल लेजेन्ड मारियो जगालोको शनिबार निधन भएको छ। उनी ९२ वर्षका थिए । सन् १९५८ मा ब्रालिले पहिलो पटक विश्वकप जित्दा उनी त्यसका प्रमुख खेलाडी थिए।
लेफ्ट विन्गरका रूपमा खेल्ने जगालोको ब्राजिलले त्यसका चार वर्षपछि फेरि विश्वकप जितेको थियो। सन् १९७० मा उनको प्रशिक्षणमा ब्राजिल फेरि विश्वकप जित्न सफल भएको थियो । यसक्रममा उनी खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने पहिलो भए।
त्यस विश्वकपमा उत्रेको ब्राजिललाई विश्व फुटबलकै अहिलेसम्मकै उत्कृष्ट मानिन्छ।
त्यसका प्रमुख सदस्यमा पेले, जाइजिन्हो, रिभललिनो र टोसटाओ प्रमुख थिए । सन् १९९४ मा ब्राजिलले विश्वकप जित्दा उनी कार्लोस अल्बर्टो परेराका सहायक थिए।