आयोजकलाई हराउँदै एन्फा मोरङ बुढासुब्बा फाइनलमा

13 Mar, 2024

आयोजक धरान फुटबल क्लबलाई हराउँदै एन्फा मोरङ २४औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

आज भएको सेमिफाइनलमा धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै एन्फा मोरङ फाइनल पुगेको हो।

निर्धारितसमयको गोल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट गरिएको थियो।

मोरङका अशोक खवास, साइमन लिम्बु, धीरेन क्षेत्री, आदित्य शाक्य र सागर तिवारीको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो। धरानका विजय राई, सुगम जीमी, दोर्जे तामाङ र अनिल राईले मात्र गोल गरे भने मिलन राईको पेनाल्टी एन्फा मोरङ गोलकिपर पूर्ण चेम्जोङले बचाए।

भोलि बिहीबारको अन्तिम सेमिफाइनल खेल काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र न्युरो टिम एनआरटीबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ .। उपाधि विजेता टिमले १० लाख र उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।