च्याम्पियन्स लिगमा रियलले सिटी र लिभपुलसँग खेल्ने, पिएसजीको प्रतिद्वन्द्वी बार्सिलोना र बायर्न

29 Aug, 2025

च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक भएको छ। ३६ टिम सहभागी हुने प्रतियोगितामा लिग चरणमा प्रत्येक टिमले ८ खेल खेल्ने छन्, जसमा आफ्नै देशको टिम भने हुने छैनन्।

ड्र अनुसार स्पेनिस क्लब क्लब रियल मड्रिडसँग समूह चरणमा दुई ठूला इंग्लिस क्लबहरु लिभरपुल र म्यानचेस्टर सिटीलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ। लिभरपुलसँग उसकै मैदानमा खेल्दा सिटीसँग बर्नाबेउमा खेल्नेछ। 

यता, डिफेन्डिङ च्याम्पियन पिएसजीले बार्सिलोना, बायर्न म्युनिख, न्युकासलजस्ता ठूला क्लबसँग खेल्नुपर्ने भएको छ।  लिभरपुलले एट्लेटिको मड्रिड र इन्टर मिलानसँग पनि खेल्नेछ भने सिटीले नापोली र बोरुसिया डर्टमुन्डसँग खेल्ने छ। 

यता, क्लब विश्वकप विजेता चेल्सीले बार्सिलोना र बायर्न म्युनिखसँग खेल्नेछ भने आर्सनलले पनि बायर्न र इन्टर मिलानलाई भेट्नेछ ।

लिग चरणका खेलहरू सेप्टेम्बर १६ बाट सुरु हुने छन् भने सन् २०२६ को जनवरी २८ मा लिग चरण सकिएर नकआउट चरण सुरु हुनेछ ।

प्रत्येक टिमले ८ खेल खेलेपछि अंकतालिकामा शीर्ष ८ टिम सोझै अन्तिम १६ मा प्रवेश गर्नेछन्। अन्य १६ टिमले अन्तिम १६मा पुग्न प्लेअफ खेल्ने छन्।

कुन टिमले काेसँग खेल्दैछन् ?

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]