पाल्मेइरसलाई हराउँदै चेल्सी क्लब विश्वकपको सेमिफाइनलमा, फाइनल प्रवेशका लागि फ्लुमिनेससँग खेल्ने

5 Jul, 2025

इंक्लिस क्लब चेल्सी अमेरिकामा जारी क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिलियन क्लब पाल्मेइरसलाई २–१ले हराउँदै चेल्सी सेमिफाइनलमा पुगेको हो।

खेलम चेल्सीका लागि कोल पाल्मरले गोल गरे भने अर्को गोल भने आत्मघाती भएको थियो। यता, पाल्मेइरसका लागि विलियन स्टेवाओ गोल गरेका थिए।

खेलमा १६औं पाल्मरको गोलमा चेल्सीले अग्रता लियो। पहिलो हाफमा १–०ले पछि परेका पाल्मेइरसले ५३हमैं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि युवा स्ट्राइकर स्टेवाओले गोल गरेका थिए। क्लब विश्वकप लगत्तै उनी चेल्सीमा आबद्ध हुने छन्।

बराबरीतर्फ उन्मूख खेलमा ८३औं मिनेटमा अगुस्टिन गिएले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा चेल्सीले २–१को अग्रता लियो। त्यही अग्रतालाई जोगाउँदै चेल्सीले सेमिफाइनलमा स्थान बनायो।

अब चेल्सीले फाइनल प्रवेशको अर्को ब्राजिलिय क्लब फ्लुमिनेससँग खेल्ने छ। फ्लुमिनेस साउदी क्लब अल हिलाललाई हराउँदै सेमिफाइनल पुगेको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]