फिफा क्लब विश्वकपको उपािध इंग्लिस क्लब चेल्सीले जितेको छ। आइतबार राति भएको अमेरिकाको मेटलाइफ स्टेडियममा भएको फाइनलमा पिएसजीमाथि ३–०को सानदार जित निकाल्दै चेल्सीले परिवर्तित संस्करणको क्लब विश्वकप उपाधि जितेको हो।
युइएफए च्याम्पियन्स लिग विजेता लुइस एन्रिकेको टिम पिएसजीमाथि चेल्सीलाई जित दिलाउ कोल पाल्मरले २ गोल गरे भने अर्को गोल जोआ पेड्रोले गोल गरे। तीनै गोल पहिलो हाफ सम्भवत भएको थियो।
सुरुआतदेखि नै चेल्लीले पिएसजीमाथि दबाब बनाएको थियो। जारी प्रतियोगितामा एकै गोलमात्र आएको पिएसजीको डिफेन्सलाई एलियल बल खेलेर दबाबमा पारेको थियो। चेल्सीले पिएसजीलाई मिडफिल्डमा बल खेल्न रोकेको थियो। त्यसको फाइदा उसलाई भयो।
सोही क्रममा २२औं मिनेटमा पाल्मरले उत्कृष्ट फिनिसिङ गर्दै चेल्सीलाई अग्रता दिलाए। ३०औं मिनेटमा पाल्मरले नै पुनः उत्कृष्ट गोल गर्दै चेल्सीलाई २–०को अवस्थामा ल्याए। त्यसपछि ४३औं मिनेटमा पाल्मरकै पासमा पड्रो उत्कृष्ट फिनिसिङ गर्दै पहिलो हाफमै चेल्सीलाई ३–०को अवस्थामा ल्याए।
पहिलो हाफ ३ गोलले पछि परेको पिएसजीले दोस्रो हाफमा उत्कृष्ट खेल पस्कियो। उसले चेल्सीमाथि निरन्तर आक्रमण गरेको थियो। तर, चेल्सीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए। अन्त्यतिर चेल्सीले पनि केही राम्रा मुभ बनाएको थियो, तर उसको प्रयास पिएसजीका गोलकिपरले रोकेका थिए। खेलमा थप गोल नहुँदा चेल्सी विजयी भयो।
चेल्सीको यो सिजनको दोस्रो उपाधि हो। यसअघि उसले युइएफए कन्फ्रेन्च लिग जितेको थियो।
खेलको अन्त्यसपछि दुवै टिमका खेलाडीबीच धकेलाधकेल भएको थियो। यही क्रममा पिएसजीको प्रशिक्षक लुइस एन्रिकेले पोड्रोलाई धकेलेर लडाएका थिए। त्यसमा गोलकिपर जियानलुजी डोनारुमा पनि सामेल थिए।
