अमेरिकामा जारी फिफा क्लब विश्वकपमा दुई युरोपियन क्लब बोसिया डर्टमन्ड र इन्टर मिलान विजयी भएका छन्।
शनिबार राति भएको खेलमा बोरुसिया डर्टमन्डले मामेलोडी सुनडाउनलाईले हरायो। उसका लागि फेलिक्स नेमेचा, सेर्यू गुइरासे र जुबे बेलिङ्हमले गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो। सुनडाउनका लागि लकास कोस्टा, इक्रम रायनर्स र लेबो मोथिबाले गोल गरेका थिए।
प्रतियोगितामा उसको यो पहिलो जित हो। पहिलो खेलमा ऊ ब्राजिलियन क्लब फ्लुमिनेससँग बराबरीमा रोकिएको थियो। उल्सानलाई ४–२ले हराएर फ्लुमिनेस समूह एफको शीर्ष स्थानमा उक्लिउको छ। डर्टमन्ड र उसको समान ४ अंक छ।
यस्तै, अर्को खेलमा इन्टर मिलानले उरावा रेड्समाथि २–१को पुनरागमन जित निकाल्यो। उसका लागि लाउटारो मार्टिनेज र वालेन्टिन कार्वोनीले गोल गरेका थिए। यता, उरावाका रोमा वाटनवेले गोल गरेका थिए।
समूह इकै अर्को खेलमा अर्जेन्टिनी क्लब रिभर प्लेट मेक्सिनक क्लब मोन्टेरीसँग गोलरहित बराबरीमा रोकिएको छ। बराबरीसँगै रिभर प्लेट ४ अंकशीर्ष स्थानमा उक्लिएको छ भने ४ अंक नै जोडेको इन्टर दोस्रो स्थानमा छ। लगातार दोस्रो बरारबीपछि मोन्टेरी २ अंकसहित तेस्रो स्थानमा छ।
