उरुग्वे र पानामाले अमेरिकामा जारी कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
मंगलबार बिहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन्। उरुग्वेसँग हारेसँगै अमेरिका भने प्रतियोगिताबाट बाहिरिएको छ।
उरुग्वेले अमेरिकालाई १–०ले हरायो। उरुग्वे र अमेरिकाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
६६औं मिनेटमा उरुग्वेका मेथिएस ओलिभिएराले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि थप गोल नहुँदा उरुग्वे नकआउटमा पुग्यो।
यता, पानामाले बोलिभियालाई ३–१ले हरायो। २२औं मिनेटमा जोसे फाजाडोको गोलमा पानामाले अग्रता लिएको थियो। ६९औं मिनेटमा बोलिभियाले ब्रुनो मिरान्डाको गोलमा खेललाई बराबरीमा ल्यायो।
तर, ७९औं मिनेटमा एडुवार्डो गुरेरोले गोल गरेपछि पानामाले २–१ को अग्रता बनाएको थियो। दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिजर अगुस्ट एनेसले गोल गरेपछि पनामा ३–१ विजयी भयो।
समूह सीमा लागतार तीन खेल जितेको उरुग्वेको ९ अंकसहित विजेता बन्दा ६ अंकसहित पानामा दोस्रो स्थानमा रह्यो। यता, अमेरिकाले ३ अंक जोड्दा बोलिभिया अंकबिहीन रह्यो।