कोपा अमेरिकाको फाइलन भोलि बिहान हुँदैछ। जसमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २ दशकपछि फाइलन पुगेको कोलम्बिया आपसमा भीड्ने छन्। खेल नेपाली समयअनुसार सोमबार बिहान ५ः४५मा हुनेछ।
अर्जेन्टिना उपाधि रक्षा गर्ने योजनासहित मैदान उत्रँदा कोलम्बिया २३ वर्षपछि उपाधि जित्नु हुनेछ।
फाइनल यात्राका क्रममा अर्जेन्टिनाले समूह चरणमा पेरु, चिली र क्यनडालाई पाखा लगाएको थियो भने क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा हाएको उसले सेमिमा क्यानडालाई २–०ले हराएको थियो।
जारी प्रतियोगितामा ठीकठाक प्रदर्शन गरेको अर्जेन्टिनाले उत्कृष्ट डिफेन्सिभ नमूना प्रदर्शन गरेको छ। उसले ५ खेलमा १ गोल मात्र खाएको छ। उसले विपक्षीको पोस्टमा ८ गोल गरेको छ।
यो मेसीको सम्भवतः अन्तिम कोपा अमेरिका हुनेछ। त्यसैले अर्जेटिना उपाधि जित्दै कोपाबाट मेसीको सुखद विदाईको लक्ष्यमा हुनेछ। मेसीले फाइनलपछि सन्न्यास लिने चर्चा छ।
यता, २३ वर्षपछि फाइलन पुगेको कोलम्बिया दोस्रो उपाधि उचाल्ने दाउमा छ। सन् २००१ पछि ऊ उपाधि उचाल्न चाहन्छ।
पछिल्लो १ वर्षयता उत्कृष्ट लयमा रहेको कोलम्बिया अर्जेन्टिनालाई माथ दिन सक्षम छ। २८ खेल यता पराजित रहेको उसका लागि जेम्स रोड्रिगेज र लुइस डिजायको प्रदर्शन मूख्य रहनेछ।
फाइलन यात्रामा क्रममा उसले समूह चरणमा कोस्टारिका र पाराग्वेलाई हराएको थियो भने ब्राजिलसँग बराबरी खेलेको थियो। उसले क्वार्टरफाइनलमा पानामा र सेमिमा उरुग्वेलाई हराएको थियो।
उसले जारी प्रतियोगिमा डिफेन्स र स्ट्राइकिङमा उत्तिकै राम्रो गरेको छ। उसले २ गोल मात्र खाएको छ भने विपक्षीको पोस्टमा १२ गोल गरेको छ।
यी दुई टिम अहिलेसम्म ४३ पटक भीडेका छन्। जसमा अर्जेन्टिा हावी छ। उसले २५ खेल जित्दा कोलम्बियाले ९ खेल मात्र जितेको छ। ८ खेल बराबरीमा सकिएको छ।