नयाँ संरचनासहितको फिफा क्लब विश्वकप सुरु भएको छ। अमेरिकामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुपर स्टार लियोन मेसीको टिम र इजिप्टको क्लब अल अहली भीडे।
खेल गोलरहित बराबरीमा सकिएको थियो। खेलमा मियामीका गोलकिपर ओस्कार उस्तरीले पेनाल्टी बचाउँदै टिमलाई हारबाट जोगएका थिए।
उनले पहिलो हाफको ४३औं मिनेटमा ट्रेजुगेटको पेनाल्टी बरोकेका थिए। उनले थुप्रै उत्कृष्ट बचाउहरु पनि गरेका थिए।
खेलमा दोस्रो हाफमा सुधारिएको खेल खेल्दै मियामीले गोलका अवसर सिर्जना गरेको थियो। तर, गोल भने हुन सकेन।
खेलमा मियामीले ५५ प्रतिशत बल पोजेस बनाउँदै १६ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो। यता, अल अहलीले ११ सट प्रहार गर्दा ८ सट फ्रेममा थियो।
क्लब विश्वकप यो पटक पहिलो पटक ३२ टोलीको सहभागितामा हुन लागेको छ । प्रतियोगिता १४ जुनदेखि १३ जुलाईसम्म अमेरिकाभर आयोजना हुनेछ ।
