चर्च बोइज र पारो एफसी बीचको खेल दशरथ रंगशालामै हुने

8 Aug, 2024

एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफअन्तर्गत खेल दशरथ रंगशालामै हुने भएको छ।

एएफसी च्यालेन्ज लिगको ए डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र भुटानको पारो एफसी बीचको खेल दशरथ रंगशालामा गराउन अनुमति दिएको छ।

यसअघि मैदानको खराब अवस्थाका कारण विश्वकप छनोटको खेल एएफसी दशरथ रंगशलामा गराउन अस्वीकार गरेको थियो। एएफसीका प्रतिनिधिले साउन ९ गते रंगशालाको निरीक्षण गरेपछि खेल आयोजनाका लागि अनुमति दिएको एन्फाले जनाएको छ।

चर्च बोइज र पारो एफसीबीचको खेल साउन २९ गते दशरथ रंगशालामा हुनेछ।

यसअघि रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भएका कारण गत चैतमा विश्वकप छनोटको नेपाल र बराइनबीचको खेल बराइनमा भएको थियो । जेठ २४ गते यूएईसँगको खेल साउदी अरेबियामा भएको थियो ।