डोनारुपमा म्यान्चेस्टर सिटीमा

2 Sep, 2025

इटालियन गोलकिपर जियानलुजी डोनारुमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा आबद्ध भएका छन्।

सिटीले समर ट्रान्सफर मार्केटको अन्तिम दिन २६ वर्षीय गोलकिपरलाई फ्रेन्च क्लब पिएसजीबाट भित्र्याएको हो। डोनारुमाका लागि सिटीले २६ मिलियन पाउण्ड खर्चियो।

अघिल्लो सिजन पिएसजीलाई ट्रेबल जिताउन डोनारुमाको भूमिका सबैभन्दा महत्वपूर्ण थियो। उत्कृष्ट प्रदर्शन गरेपनि पिएसजीले तलब घटाएर सम्झौता नवीकरणको प्रस्ताव गरेपछि उनी क्लबसँग रुष्ट थिए। लगत्तै उनले क्लब छाड्ने घोषणा गरेका थिए।

यता, प्रशिक्षक लुइस एनरिकेले पनि डोनारुमा आफ्नो योजनामा नरहेको बताएका थिए। उनले उनमा पासिङ क्षमता उत्कृष्ट नभएको भन्दै आफूलाई ब्याकबाट उत्कृष्ट पास दिन नसक्ने गोलकिपर चाहिएको बताएका थिए। पिएसजीले लिलबाट लुकास चेवालियरलाई अनुबन्धन गरिसकेको छ।

डोनारुमाले पिएसजीबाट १६१ खेल खेलेका छन्। उनी सन् २०२१ मा एसी मिलानबाट फ्रि टान्सफरमा पिएसजी आएका थिए।

सिटीमा उनले अब इडर्सनको स्थान लिने छन्। उनले क्लब छाडेपछि नै सिटीले डोनारुमालाई अनुबन्धन गरेको हो। ३२ वर्षीय ब्राजिलिय गोलकिपर डेट लाइन डेमा टर्किस क्लब फेनेराबाचेमा आबद्ध भएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]