जर्मन क्लब बोरूसिया डर्टमन्ड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ।
मंगलबार राति भएको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४–२ले हराउँदै डर्टमन्डले समग्रहमा ५–४को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो। पहिलो लेगमा एट्लेटिको २–१ले विजयी भएको थियो।
३४औं मिनेटमा जुलियन ब्रानडटको गोलमा डर्टमन्डले अग्रता लियो। त्यसको ५ मिनेटपछि नै डर्टमन्डले अग्रता दोब्बर बनायो। ३९औं मिनेटमा उसका लन माट्सनले गोल गरेका थिए। यो गोल गँदै उसले समग्रहमा खेलमा ३–२को अग्रता लियो।
पहिलो हाफ २–०मै सकियो। दोस्रो हाफो सुरुआतमै एट्लेटिको खेलमा फर्कने अवसर बनायो। ४९औं मिनेटमा माट हुमल्सले आफ्नै पोस्टमा गोल गरेपछि २–१को अवस्थामा आयो। ६४औं मिनेटमा एंगल कोरेयाले गोल गर्दै खेलमा २–२को बराबरी र समग्रहमा एट्लेटिकोलाई ४–३को अग्रता दिलाए।
त्यसपछि ४ मिनेटमा २ गोल गर्दै डर्टमन्डले एट्लेटिकोलाई स्तब्ध बनायो। ७१औं मिनेटमा निक्लस फुलक्रुग र ७४औं मिनेटमा मार्सल साबिट्जरले गोल गरेका थिए।
त्यसपछि थप गोल नहुँदा डर्टमन्ड समग्रहमा ५–४को जित निकाल्दै सेमिफाइनल पुग्यो। अब उसले सेमिमा फ्रेन्च क्लब पिएसजीसँग खेल्नेछ।