सिटीका गोलकिपर इडर्सन फेनरबाचे जाने

1 Sep, 2025

ब्राजिलियन गोलकिपर इडर्सन इंग्लिस क्लब म्यान्चेस्टर सिटी छाड्ने पक्का भएको छ। उनी सिटी छाड्ने टर्किस क्लब फेनेराबाचे जाने भएका छन्।

८ सिजन बिताएपछि ३१ वर्षीय इडर्सनले सिटी छाडेका हुन्। उनका लागि टर्किस क्लबले १३ मिलियन युरो खर्चिएको छ। उनको ट्रान्सफरको औपचारिक घोषणा हुन भने बाँकी छ।

इडर्सनले सिजन सुरु हुनुअघि नै सिटी छाड्ने चाहेको बताएका थिए। सोही कारण प्रशिक्षक पेप ग्वार्डिओलाले इडर्सनलाई तीनै खेलमा वेञ्चमा राखेका थिए।

सिटीका लागि ३७२ खेल खेलेका उनले प्रियिमर लिगमा ७ असिस्ट गरेका छन्। यो प्रिमियर लिगको कीर्तिमान हो।

उनले सिटीका लागि ६ प्रियिमर लिग र च्याम्पियन्स लिगसहित कुल १८ उपाधि जितेका छन्। उनी सन् २०१७मा बेन्फिकाबाट ४० मिलियन युरोमा सिटी आएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]