म्यानचेष्टर सिटीका ब्राजिलियन गोलकिपर एडर्सनले एएफए कपको फाइनल खेल गुमाउने भएका छन्।
३० वर्षीय एडर्सनको आँखाको सकेट फ्रयाक्चर भएकोले उनले एफए कपको फाइनल गुमाउने भएका हुन्। मे २५ वेम्बलीमा हुने फाइनलमा सिटीले म्यान्चेस्टर युनाइटेडसँग खेल्नेछ।
यसैसाता प्रियियर लिगअन्तर्गतको टोटहमविरुद्धको खेलमा उनी घाइते भएका थिए। टोटहमका डिफेन्डर क्रिस्टियन रोमेरोसँग जुध्दा एडर्सन घाइते भएका थिए। सिटी २–०ले विजयी भएको सो खेलमा उनले ६९ मिनेटमा मैदान छाडेका थिए।
यस्तै, एडर्सनले प्रियिमर लिगको अन्तिम खेल पनि गुमाउने छन्। आइतबार सिटीले लिगको अन्तिम खेलमा वेस्टमहसँग खेल्नेछ। यो खेलमा बराबरीमात्र गर्न सकेपनि सिटीले लागतार चौथो पटक प्रिमियर लिग जित्दै नयाँ कीर्तिमान बनाउने छ।
टोटनहमका क्रिस्टियन रोमेरोसँग ठोक्किएपछि ३० वर्षीय ब्राजिलियन गोलकिपर टोटनहमविरुद्धको खेलमा ६९ मिनेटमा रिप्लेस भएका थिए । उक्त खेल सिटीले २(० ले जितेको थियो ।
लिगको शीर्ष स्थानमा रहेको सिटी अब उपाधिबाट एक जित टाढा छ । सिटीले लिगको अन्तिम खेल १९ मे मा घरेलु मैदानमा वेष्ट हमसँग खेल्दैछ । उक्त खेल जितेमा सिटी लगातार ४ प्रिमियर लिग जित्ने कीर्तिमान बनाउनेछ ।