ब्राजिलिय युवा स्टार एड्रिड आगामी सिजन रियल मड्रिडमा ९ नम्बरको जर्सीमा देखिने भएका छन्। पहिलो सिजन १६ नम्बरको जर्सीमा देखिएका १९ वर्षीय युवा स्ट्राइकरले रियलले नयाँ सिजन ९ नम्बरो जर्सी दिने घोषणा गरेको हो।
अघिल्लो सिजन ९ नम्बरको जर्सी स्टार किलियन एम्बाप्पेले लगाएका थिए। उनले ५९ खेलमा ४४ गोल गरेका थिए। उनी युरोपको गोल्डेबुट विजेता पनि भएका थिए। यो सिजन भने एम्बाप्पेले १० नम्बरको जर्सी लगाउने छन्।
रियलमा ९ नम्बरको जर्सी युवा स्ट्राइकर गोन्जालो गार्सियाले पाउने चर्चा थियो। गत महिना अमेरिकामा भएको फिफा क्लब विश्वकपमा ४ गोल गर्दै उनले गाल्डेन बुट जितेका थिए। एम्बाप्पे र एन्ड्रिकको अनुपस्थितिमा उनले सुरुआतमै खेल्ने अवसर पाएका थिए।
अघिल्लो सिजन मात्रै पाल्मेरसबाट रियल आएका उनले ३७ खेल खेल्दै ७ गोल गरेका थिए। अहिले घाइते रहेका उनले यो सिजनका सुरुआतका केही खेल गुमाउने छन्।
